(सुन साइली, साइली परदेशबाट म आउँला ।
सुन साइली, साइली चालीस कटेसी रमाउँला ।।)२
सुन साइली, साइली दियोमा तेलै हुरुरु ,
सम्झी कहिले नरुनु ।
सुन साइली, साइली परदेशबाट म आउँला ।
सुन साइली, साइली चालीस कटेसी रमाउँला ।।
(सुन साइली, साइली निधारमा नाम्लो बरियो ।
भावीको खेलमा परियो ।)२
सुन साइली, साइली कुलोमा पानी कलल,
गाउँघरको तस्बिर झलल ।
सुन साइली, साइली पिढीमा जाँतो घरर,
झर्दो हो आँसु बरर ।
सुन साइली, साइली परदेशबाट म आउँला ।
सुन साइली, साइली चालीस कटेसी रमाउँला ।।
चालीस कटेसी रमाउँला ।
चालीस कटेसी रमाउँला ।।
There's a remarkable reference for all popular escape sequences online here.Click here to know more about this.
ReplyDelete