धेरै पछि लेख्दैछु आज फेरि .. १० वर्ष पछि होला फेरि लेख्न मन लागेको आज मलाई । पहिला स्क्कूलमा हुदा त धेरै लेख्थे ... कथा कविताहरु । ८ क्लासमा त तृतीय पनि भाको थिए कथा लेखन प्रतियोगितामा । त्यो दिन यौटा eagle कापी पुरस्कार पाएको थिए । अझै त्यो कापी मसंग बाकी छ सायद । कहिले कहिँ लेख्छु त्यो कापीमा मुड हुदा । क्लास १० मा पनि साइकलको कथा लेख्दा गुरुआमा, गुरुबा र साथीहरुबाट वाह वाहि पाएको अझै सम्झिन्छु।त्यो कथाले त स्क्कूलमा हंगामा नै मचायो भन्नु पर्छ गाठे। जो भेटे पनि तिम्रो साइकल खै भनेर हैरान पदने जति ले। हुनपनि म स्क्कूल जादा साइकलमै जानेआउने गर्थे त्यो बेला। त्यो अजबको थ्रिलर साइकलको कथाले त ठुलै चर्चा पायो हेर्दा हेर्दै।
पछि स्क्कूलको जिन्दगि छुट्यो कलेजको जिन्दगि सुरु भयो । लेख्ने बानि पनि साझको सुर्य झैँ बादल पहाड भित्र हराए झैँ कता हरायो हरायो। रमाइलो लाग्छ येसो सम्झिदा बिगतका बाल्यकालका कुराहरु । स्क्कूले जिन्दगि त हामी सबैको यादगार पल जसरि मन मस्तिस्कमा बस्दो रैछ।
फेरि लेख्ने जोश आउनुको कारण चै यो लेखको शीर्षकबाट नि पाई सक्नुभयो होला । हो यो यात्राले म भित्रको स्रस्टालाई फेरि जागृत गर्देको छ भन्नु पर्छ। यहुता सुन्दर सपनाको संसारमा पुगेर आएको आभास भएको जस्तो लाग्छ मलाई त साचै नै भन्नु पर्दा । यो यात्राले हामी भित्र मरेर गएका सिर्जनाहरुलाई फेरि जागृत गर्देको छ । काम गर्दा गर्दा थाकेका दिमाग र सरिरलाई फेरि छुटै शक्ति ले भरि देको छ। केहि यात्राक तिथ मिठा अनुभबहरु को संगालो हुनेछ यो ब्लगका सब्दहरु ।
क्रमस....
क्रमस....
No comments:
Post a Comment